साप्ताहिक संवाददाता
रमेशको पहिलो
इटहरा, मोरङका गीतकार रमेश बराइलीका शब्दहरूको एल्बम ‘सङ्गराग’ काठमाडौंमा लोकार्पण भएको छ । आधुनिक शैलीका यी गीतमा वसन्त सापकोटा, प्रवीण बराइली, सरोज पोखरेल, प्रकाश कटवाल, योगेश लुहुरुङ तथा बिबी अनुरागीको संगीत सुन्न सकिन्छ । एल्बमका गीतमा प्रमोद खरेल, अन्जु पन्त, प्रताप दास, योगेश लाम्गादे, योगेश लुहुरुङ तथा बिजुला बिकको स्वर समावेश छ ।
मेरो ठुम्कामा...
गायिका शर्मिला बर्देवाले गाएको पछिल्लो गीत ‘मेरो ठुम्कामा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नृपेश उप्रेतीको शब्द तथा वसन्त सापकोटाको संगीतको उक्त गीतको भिडियो बेलायतमा प्रिमियर गरिएको हो । डान्सिङ नम्बरको उक्त भिडियोको निर्देशन विजय घिमिरेले गरेका हुन् ।
आई लभ यू
गायिका नम्रता तामाङले गाएका गीतहरूको एल्बम ‘आई लभ यू, आई मिस यू’ काठमाडौंमा लोकार्पण भएको छ । तीन वर्षदेखि साधन कला केन्द्रमा संगीतकर्मी प्रकाश गुरुङसँग संगीतको प्रशिक्षण लिइरहेकी गायिका तामाङले संगीतकार बी.बी. अनुरागीको एकल संगीतमा उक्त एल्बम तयार पारेकी हुन् ।
हे बरै...
संगीतकार दीपक शर्माले आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारेको गीत ‘हे बरै...’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा गायक शर्माले अभिनय समेत गरेका छन् । उनलाई भद्रगोल हास्य श्रृंखलाकी अभिनेत्री रक्षा श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् । उक्त भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन् ।