साप्ताहिक संवाददाता
तिहारको अगाडि चलचित्र ‘जात्रा’ का लागि हरिवंश आचार्यले गाएको गीत ‘नोट–नोट’ युट्युबमा सार्वजनिक गरिएको छ । गायिका शशी रावलसंग उनले गाएको उक्त गीत कात्तिक २६ गते आउन लागेको हास्यप्रधान चलचित्र ‘जात्रा’ का लागि हो ।
चलचित्र ‘जात्रा’ का निर्देशक प्रदिप भट्टराई विगत एक दशकभन्दा अगाडिदेखि महजोडीको सहायक निर्देशक भएर काम गरेका थिए । एकप्रकारले हरिवंश आचार्यलाई उनका निर्देशकीय गुरु मान्न सकिन्छ । तीन सामान्य व्यापारीले अनायसै पाएको करौडौं रकम कुम्ल्याउने चक्करमा चलचित्र ‘जात्रा’ को कथा अघि बढ्ने निर्देशक भट्टराईले बताएका छन् ।
चलचित्र ‘जात्रा’ मा छड्केमा बिन्दु र पशुपतिप्रसादमा भष्मेको चरित्र निर्वाह गरेर चर्चामा आएका अभिनेता विपिन कार्कीका साथ पशुपतिप्रसादका हनुमान अर्थात अभिनेता रविन्द्रसिंह बानियाँसहित बर्षा राउतले मुख्य भूमिका निर्वाह गरेका छन् । हरिवंश आचार्य र शशी रावलको स्वर रहेको गीतका रचना पनि हरिवंश आफैले गरेका हुन् भने यसमा संगीत रोशन थापाको रहेको छ ।
‘नोट–नोट’ को म्युजिक भिडियो