साप्ताहिक संवाददाता
दीपाश्री निरौला कलाकार/निर्देशक
प्रियंका कार्की, नायिका
जे पनि सुहाउने :
सिचुएसनअनुसारको ड्रेस सेन्स छ । स्लिम छिन्, त्यसैले जे लगाए पनि सुहाउँछ, तर लुगा लगाएपछि जस्तो देखिए पनि मिलाउने वा चलाउने काम गर्दिनन् ।
खानदानी नायिका :
उनले गाडी किन्दा पनि ठूलै बखेडा भयो । कहाँबाट कसरी किनिन् भन्नेसम्मका कुरा उठाइयो । एक त व्यस्त नायिका, त्यसमाथि उनको खानदान नै सम्पन्न छ । मानिसहरूले कुरा बुझ्नुपर्यो नि खानदानी नायिकाको ।
फेसबुकबाट विवाद :
फेसबुक स्टाटसबाट विवाद निम्त्याउँछिन् । उनका सल्लाहकारहरू राम्रा छैनन् कि ? सल्लाहकार नभएर हल्लाकार पो परे कि ? स्टाटस लेख्दा विचार पुर्याउनुपर्छ भन्छु, तर कुरा फुस्काइहाल्छिन् अनि उनी आफंैलाई तनाव हुन्छ । पोस्ट डिलिट गर्नुभन्दा विचार गरेर पोस्ट गर्नु आफ्नो हितमा हुन्छ । उनका फलोअर्सहरू भने डाहालाग्दा छन् ।
सेल्फी क्विन :
सेल्फी लिने बानी भुतुक्कै पार्ने खालको छ । मेरो समेत बानी बिगारिसकिन् । जहाँ जस्तो अवस्थामा पनि ‘पाउट’ गरिहाल्छिन् । उनको मोबाइल ग्यालरीमा ९५ प्रतिशत सेल्फी मात्र होलान् । प्रियंका स्न्यापच्याटमा पनि कमिक भिडियो हालिरहन्छिन् ।
खानेकुरामा नो लोभ :
खानामा लोभी छैनन् । के खानु हुन्छ, के हुँदैन भन्ने कुरामा निकै ध्यान पुर्याउँछिन् । वरपर मन मिल्ने मानिसहरू छन् भने खान आपत्ति मान्दिनन् ।