साप्ताहिक संवाददाता
कार्तिक ११, २०७३
वेस्ट इन्डिजका क्रिस गेल जति आफ्नो ब्याटिङका लागि प्रख्यात छन्, उनको ख्याल–ठट्टा गर्ने बानी पनि उत्तिकै चर्चामा रहन्छ । अझ यो ख्याल गर्ने बानीले उनलाई प्राय: विवादमा पनि फसाउँछ ।
उनमा यस्तो बानी कसरी विकसित भयो भन्ने कारण गेलले भर्खरै खुलाएका छन् । उनी सन् २००५ मा अस्ट्ेरलियामा मुटुको गम्भीर शल्यक्रियाबाट गुज्रिएका थिए । उनको मुटुमा प्वाल परेको थियो र त्यसको जानकारी धेरै कमलाई मात्र दिइएको थियो अर्थात् उक्त शल्यक्रियाको समाचार कतै आएन ।
त्यो शल्यक्रिया समयमा नहुँदो हो त गेलको जीवननै तलमाथि हुन सक्थ्यो । त्यसैले गेलले त्यही बेला निर्णय गरे, जीवनमा जति बाँचिन्छ, खुसीले बाँचिन्छ । त्यही दिनदेखि सुरु भएको रहेछ, उनको ठट्टा गर्ने बानी ।