साप्ताहिक संवाददाता
कार्तिक १२, २०७३
नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल–ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना बुनेका राम (जीवन) र राधा (सञ्चिता) बीच एउटा घटनाले बाधा सिर्जना गर्छ । जब रामले राधाको विवाह भैसकेको कुरा थाहा पाउँछन्, त्यसपछि उनी आफ्नो प्रेमलाई बिर्सेर अन्यत्र लाग्छन् ।
चलचित्र ‘राधा’ मा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण श्रेष्ठको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ ।
निर्देशक : योगेश घिमिरे
संगीत : वसन्त सापकोटा
कलाकार : जीवन लुइँटेल, सञ्चिता लुइँटेल आदि ।
चलचित्र 'राधा'को अफिसियल ट्रेलर