साप्ताहिक संवाददाता
अस्ट्रेलिया, दुबई तथा काठमाडौंमा छायांकन गरिएको सामान्य नेपाली चलचित्रभन्दा बढी लगानी भएको चलचित्र ‘द विनर’ आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । बलिउड तथा हलिउड चलचित्रको स्तरीयता दिने प्रयास गरिएको चलचित्र ‘द विनर’ कहिल्यै हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ ।
अस्ट्रेलियामा लागूऔषधको कारोबारमा संलग्न युवकको एक युवतीसँग प्रेम हुन्छ । ती युवती स्थानीय एक भूमिगत गिरोहका सरदारकी बहिनी हुन्छिन् । ती सरदारले उक्त युवकको हत्या गर्न खोज्छन् अनि सुरु हुन्छ युवक र सरदारबीचको द्वन्द्व । द्वन्द्वका कारण ती युवक दुबईबाट काठमाडौं आइपुग्छन् ।
निकै राम्रोसँग छायांकन गरिएको यो चलचित्रमा पुरुषोत्तम प्रधान, सुसन प्रजापति एवं एन्टिनो माइकको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व तथा कविराज गहतराजको नृत्य हेर्न पाइन्छ ।
निर्देशक : हिक्मत विष्ट
संगीत : अमित श्रेष्ठ
कलाकार स् मलिना जोशी, महेशमान श्रेष्ठ, मञ्चिन शाक्य, रेशु तामाङ, अमित गिरी आदि ।
'द विनर' को अफिसियल ट्रेलर