साप्ताहिक संवाददाता
ज्योति मगर, स्मिता थापा तथा प्रियंका कार्की आदि सेलेब्रेटिजका पोस्टमा ज्यादै घिनलाग्दो तरिकाले कमेन्ट गरेको देखिन्छ । कोमल ओलीका गीतमाथि पनि असभ्य शैलीमा प्रहार भएको पाइन्छ । के ती कमेन्ट स्वयंमा अश्लील होइनन् ? कसका छोरा होलान् ती ? कस्तो संस्कार पाएका होलान् तिनले ? अरे अरूलाई अश्लील देख्नेले आफ्नो मानसिकता नै अश्लील भएको किन थाहा पाउँदैनन् । त्यसबाट आफ्नो यौनकुण्ठाको ष्लमष्अबतष्यल गरिरहेको कुरा के थाहा नभएकै हो ? कुनै Psychiatric लाई सोधे प्रमाणित हुन्छ– ऊ यौन कुण्ठित मात्र होइन, hipocritic पनि हो ।
जे मनमा छ त्यो होइन भनेर negative over reaction मनोरोगी । यस्तो मनोवैज्ञानिक रोगको उपचार ऊ आफैंले गरोस् । परन्तु यो विषयमा केही विश्लेषण— श्लील–अश्लील भनेको वस्तुमा हुँदैन । हेर्ने आँखा र त्यसलाई ष्लतभचउचभत गर्ने मस्तिष्कमा हुने कारणले त्यही कुरा कसैलाई अश्लील लाग्छ, कसैलाई नर्मल वा आकर्षक । फेरि सन्दर्भ, समय र ठाउँअनुसार उही कुरामाथि हेरिने दृष्टिकोण फरक–फरक हुन सक्छ ।
ज्योति मगर वा स्मिता थापाहरूको गेटअप glamour presentation का लागि विशेष रूपमा विषयका आधारमा वा producer director, photographer, promoter का योजनामा गरिन्छ । अश्लील लाग्नेले किन लुकीलुकी हेर्ने ? block गर्दिए भैहाल्छ, तर हेर्ने पनि चाटुँलाझैँ गरी अनि असामाजिक कमेन्ट लेखेर किन आफैंलाई अश्लील बनाएको होला ? छक्क पर्छु ।
राजेन्द्र थापाको उक्त स्टाटसमा आएका कमेन्टहरू
निकै बलियो तर्क ।
नीरा पल्लिव
मन छोयो हजुर, सहमत !
धनराज गिरी
सही कुरा गर्नुभयो सर ।
राजेश खतिवडा
कलाकार भनेका राष्ट्रका गहना हुन् । उनीहरूमाथि गलत सोच राख्नु मुर्खता हो ।
पुरन चन्द
सलाम छ पेन्टी देखाउने कलाकारलाई, वाह रे हजुरको महान् सोच ।
दीपक क्षेत्री
हैन, हिट हुन केही बढी देखाएका होलान् । तर्क र सत्य अलि फरक छ कि राजेन्द्र सर । ज्योतिजीको इन्टेन्सन देखाउनुमा अलि उद्वेलित छ, तपार्इंले तर्क गरे पनि ।
ए अनि
ज्योति मगरको राम्रो फ्यान हुनुहुँदो रहेछ सर † म पनि फ्यान नै थिएँ, हल्लिराख्न नसकेर भागेको । समाज यिनै कारणले उधारिँदै गा’को हो । भोलि आफ्नै छोरीलाई ज्योतिको हालतमा कतिले हेर्न सक्लान् र आकर्षण मान्लान् ?? यो गम्भीर विषय हो । लेख्नु र सत्य पचाउनु भिन्न कुरा हुन्— जय होस् सप्पैको ।
दिनेशराज पुरी
समाजले नाङ्गै हिंड्न पनि छुट दिन्छ । हामीले त्यो नाङ्गोपनालाई क्या बात भन्दै हिंड्नु ? जय–जयकार गाउँदै हिंड्नु ? कमेन्ट गरिएका सबै कुरा पोजेटिभ नै हुनुपर्ने भन्ने लाग्दैन मलाई । कमेन्ट गर्नका लागि हेरिने होइन, हेरेपछि कमेन्ट गरिने हो । अराजक उत्तेजनामा आएर सबैले हेर्दैनन् गीतहरू । गीत के रै’छ, जान्नका लागि हेरिन्छ । हेरेपछि जे लाग्छ त्यही बोलिने हो, भल्गर, स्विट, पावरफूल आदि–आदि त्यसपछि आउने कुरा हो । कतिपय ‘उत्तेजक आँखा’ हरूले नग्नताको नकाव लगाउनाले समाज ओरालो हिंडेको हो । बुझ्नेहरू नै त त्यही क्याटगोरीमा झुम्म । अरूलाई के दोष दिनु र !
दिनेशराज पुरी
विषय यही हो, होला तर सवाल यो कि उनीहरूका पोस्टमा फोहर कमेन्ट लेख्ने मान्छे कति श्लील ? यस्तो कमेन्ट सामाजिक कि असामाजिक ?
राजेन्द्र थापा
यस्तो चाहिँ असामाजिक नै हो । तर कमेन्ट गर्ने दुई खुट्टे रोगी पशु पनि हुन्छन् नि । तिनैलाई अलि बढी देखाउने पनि केही कलाकारको इन्टेन्सन हुन्छ । त्यसमा ज्योति मगर पनि हुन् ।
madhus नेउपाने
दर्शक–श्रोताको कमेन्ट सहन नसक्ने के–को कलाकार ? दर्शक–श्रोताहरूको नजरमा छोडेपछि राम्रो–नराम्रो दुवै कमेन्ट गर्नु अधिकार हो । सबै श्रोता, दर्शकहरू राजेन्द्र सरजस्तै नहुन सक्छन् । सबैले ज्योतिको तिघ्रा हेरेर रत्तिनैपर्छ भन्ने छैन । गायिकाले आवाज दिने कि नग्नता ?? ज्योतिको शरीरमा आज थूक निल्नेहरूले हेरौं, भोलि आफ्नी छोरी ज्योति बनाउँछन् कि बनाउँदैनन् । ज्योति भै भने यसैगरी तारिफ गर्छन् कि गाली ?
दिनेशराज पुरी
ज्योतिको गराई ठीक–बेठीक, प्रश्न यो होइन । उनले टिप्पणी पचाउने वा नपचाउने कुरा पनि होइन । फोहोर टिप्पणी गर्नु हुँदैन भन्ने मात्र हो । फोहर टिप्पणी गर्न पाइन्छ भन्नेसित तर्क गर्नु नै बेकार छ । यौटा घरकी छोरी जस्तो फेसनमा गए पनि अर्को घरकाले फोहर कमेन्ट गर्न पाइन्छ भन्नु हुन्छ भने रामराम । हामी विचार पढ्छौँ तर किन मूल मुद्दाबाट अर्कैतिर कुरा मोड्छौं ?
राजेन्द्र थापा
हामी ढललाई ढल नै भन्छौं, गन्हाउँछ । मन पर्दैन नै भन्छौं । त्यही ढललाई कसैले गंगा मानेर नुहाउँछ भने, आचमन गर्छ भने पनि त्यसमा हाम्रो आपत्ति छैन । यहाँ समाजशास्त्री भनिएकाहरूले नै बलात्कारलाई छोप्छन् ।
हामी बलात्कारलाई सीधै बलात्कार भनियोस् भन्ने चाहन्छौं । नग्नतालाई सिधा नग्नता भनियोस् भन्ने चाहन्छौं । राजेन्द्र सरले यही पहिरन र यही हाउभाउ घरमा भए के भन्नुहुन्थ्यो ? शतप्रतिशत इन्कार गर्नुहुन्थ्यो । यहाँ नातावादको ह्वासह्वास्ती गन्ध देख्छु म । सम्बन्धलाई टेको लाउने बहानामा कहिलेसम्म यस्ता तल्ला स्तरका आवाजहरू उठाइराख्ने हामीले ? ज्योतिको नराम्रो कुरा गर्दा यहाँलाई किन यत्रो भार ?? उनी स्वयं बोकेर हिंडिरहेकी नै छिन् ।
त्यस्ता कमेन्ट मन नपर्दा डिलिट गरे भयो, ब्लक गरे भयो उसलाई । अझ गाह्रो भए मुद्दै हाले नि भयो । यो विषयमा यति आवाज उठाउनु सफल गीतकार तथा लेखकका लागि कुन लेभलको काम हो ? सोच्नु जरुरी देख्छु । सप्पै अभिभावकहरूको जय होस् ।
दिनेशराज पुरी
मैले उठाएको विषय सामाजिक सन्जालमा सेलेब्रेटीबाट पोस्ट फोटाहरूमा कमेन्ट गर्नेले फोहर कमेन्ट गर्नु उचित होइन भन्ने हो ।
प्रतिक्रियामा बहुसंख्यकको समर्थन । केहीबाट उग्र प्रतिक्रिया । मैमाथि निजीकृत आरोप । जे पनि लेख्न पाइन्छ, मन नलागे पुलिसकाँ जान सक्छन् तिनले, तर लेखिन्छ आदि ।
साधारण भनिने फोहर कमेन्ट पनि यहाँ उल्लेखसम्म गर्न सकिँदैन । विशेष गरी प्रियङ्का कार्कीकोमा त कुनै हदै छैन । यस्तो लेख्न पाइन्छ भन्ने मान्छे यो समाजमा हामीभित्रै पढेलेखेकै छन् भन्ने प्रमाणित गर्न यो मुद्दा उठाएको । प्रमाण यसैमा पेस छन् ।
पुलिसकहाँ जानू भन्नेलाई ज्ञात रहेछ कसैमाथि फोहर टिप्पणी गर्नुलाई कानुनले पनि अपराध मानेको छ भन्ने कुरा । अश्लील लागे अश्लील त लेख्न पाइन्छ, तर फलानो थोक आदि भन्ने मान्छे स्वयम् कति अश्लील ? ढललाई ढल भन्न पाइन्छ तर आफ्नै मुखबाट ढल निकालेको थाहा नपाउने कस्ता मानिस ?
मेरा यी भनाइमा नातावादको दोष नि लाउन भ्याए । म थापा क्षेत्री हुँ थापा मगर होइन । हुन त ज्योति मगरसित मेरो नाता छ । मेरी आमाजस्तै नारी हुन् ज्योति मगर । आमा जातमाथि अश्लील बोल्नु हुँदैन भन्ने कुरा मलाई मेरी आमाले नै सिकाउनुभएको हो । तपाईंले सिक्न पाउनुभएन भने कठै †
राजेन्द्र थापा
यही कमेन्ट मिथिला शर्मामाथि किन आउँदैन ? यही कमेन्ट अरू मोडलहरूप्रति किन आउँदैन ? किन सुष्मा, स्मिता र ज्योतिकै लागि पटक–पटक यस्तो किसिमको कमेन्ट आउँछ ? यो लेख्नु अघि राजेन्द्र सर र उल्लेखित नामहरूले आफैंसँग सोध्नु जरुरी छ । देखाउन लाज नहुने अनि कमेन्ट गर्न नपाइने ?
यो कुन लेभलको प्रसङ्ग हो ?? फेरि पनि सबैको जय होस् । पानी पानी नै हो, बाढी र नदीको छुट्टै महत्व हुन्छ । हो, तपाईंकी आमालाई यही पहिरनमा सहन सक्नुहुन्छ सर ?? छोरीलाई ??? तपाईं अभिभावकले समाजलाई डोर्याउने यो तरिका जायज हो ? मलाई देखाउनेहरूभन्दा लेख्ने सर्जकको इमेजमाथि लाज लाग्यो । यस्तै हुटहुटीले मानिसको सभ्यता, शिष्टता जिरो भा’को हो ।
तपाईंकी आमाले राम्रो संस्कार सिकाउनु भएछ । हामीले त्यस्तो सिक्न पाइएन । तपाईंकै जय होस् तर हामी खेलौनावाला होइनौं । खेलौनासँग खेल्न बानी भएकाहरूले आमालाई पनि यस्तै नग्नतासँग मिसाउँछन् । ज्योति मगर र राजेन्द्र सरकी आमा बराबर— गड ब्लेस यू !
दिनेशराज पुरी
मैले ज्योति मगरको मुद्दा उठाएकै छैन । न त उनीलगायतका सेलेब्रेटीका भहउयकष्तष्यल ठीक–बेठीक भन्ने प्रश्न नै उठाएको छु । कमेन्ट गर्नु हुन्न पनि भनेको छैन । कमेन्ट आओस् नै भनेर पोस्ट गरिन्छ । कुनै positive कुनै negative comment आउँछ भन्ने कुरा पनि थाहा हुन्छ ।
मेरो मुद्दा यति मात्र हो कि सार्वजनिक थलो वा वालमा घिनलाग्दा फोहोर शब्द कुनै पनि महिलामाथि प्रयोग गरिनु उचित होइन । प्रश्नै नबुझ्ने वा नचाहने वा बुझ्न महिलामाथि अश्लील बोल्ने जन्मसिद्ध अधिकार लिएर आएकाहरूसँग त छलफलको के काम ?
तपाईंकै भनाइमा मनमा कमेन्ट बन्छन्, तर कमेन्टलाई श्लील भाषामा पनि भन्न सकिने क्षमता नेपाली र अंग्रेजी दुवै भाषामा छ भन्ने मात्र बुझे हुन्थ्यो भन्ने मात्र मेरो मुद्दाको सारांश हो । मुद्दालाई एकातिर छाडेर मैमाथि झम्टनेसँग बहस बेकार— सरी बाई–बाई ।
राजेन्द्र थापा
कमेन्ट कसमाथि भन्ने विषय मैले उठाएकै छैन भन्ने कुरा किन नबुझ्ने ? खाली कुरा हो कि अश्लील मान्ने स्वयंले किन अश्लील अर्थात् फोहर बोली बोलिरहेको छ ? त्यो उचित होइन, भनिएको मात्र हो । सरी, तपाईं नपढीकन–नबुझीकन एकोहोरिने मान्छे रै’छ । भैगो बाई–बाई ।
राजेन्द्र थापा
हो, संस्कार सिक्नैपर्छ उनीहरूले जो अरुको आलोचना गर्छन् † माथिको विषयमा जति पनि नाम लिनुभएको छ, उनीहरू आफैं नाङ्गिएका होइनन् होला, उनीहरूलाई नंग्याउने क्रममा पुरुषकै त हात होला नि, उनीहरू किन चोखो बन्न खोज्छन् ?
सुशीला खड्का
अश्लील कमेन्ट गर्छु भनेर पूर्वाग्रह राखेर कसैले पोस्ट हेर्दैन । अवलोकनपछि उसको मनमा आउने विचार नै कमेन्ट बन्ने हुन् । यति कुरा त थापा सरलाई थाहै होला । बाँकी रह्यो ज्योति, प्रियंकाहरूको कुरा, मान्छेलाई त्यो पोस्ट हेर्दा त्यस्तै विचार आउँछ भने त्यसमा किन बेकारमा टाउको दुखाइरहनु ? मलाई लाग्छ, थापाजी देशको वरिष्ठ साहित्यकार (सरी गीतकार) नभएको भए र उमेर पनि त्यति बूढो नभएको भए उहाँको कमेन्ट पनि त्यस्तै आउँथ्यो ।
गोविन्द गोपाल खतिवडा