आज शुक्रवारदेखि प्रदर्शन भएको चलचित्र ‘राधा’ तथा आगामी शुक्रवारदेखि प्रदर्शन हुने चलचित्र ‘द विनर’ ले हिजो बिहिबार काठमाडौंमा दुई अलग–अगल सिनेमा हलमा प्रिमियर शो गरेका छन् ।
सिटी सेन्टरस्थित बिग मुभिजमा योगेश घिमिरेद्वारा निर्देशित चलचित्र ‘राधा’ को प्रिमियरमा अभिनेता जीवन लुईंटेल तथा अभिनेत्री सञ्चिता लुईंटेल आकर्षणको केन्द्र बने । सञ्चारकर्मीको बाक्लो उपस्थितीमा अधिकांश फोटो पत्रकारहरु जीवन र सञ्चितालाई क्यामरा कैद गर्न व्यस्त देखिन्थे । पूर्वी नेपालका रमणीय लोकेशनमा छायांकन गरिएको यो चलचित्र तिहारको अवसर पारेर देशभरी प्रदर्शन भएको हो ।
कुमारी हलमा आयोजित ‘द विनर’ को प्रिमियर शोमा भने अधिकांश नयाँ अनुहार देखिए । महेशमान श्रेष्ठ, मञ्चिन शाक्य, मलिना जोशी, रेसु तामाङ, अमित गिरी आदि नयाँ कलाकारले अभिनय गरेको यो चलचित्रका अधिकांश छायांकन विदेशमा गरिएको छ । यो चलचित्र कात्तिक १९ गतेदेखि प्रदर्शन हुनेछ ।
चलचित्र 'राधा' को प्रिमियर शो का तस्विरहरु
चलचित्र 'द विनर' को प्रिमियर शो का तस्विरहरु