साप्ताहिक संवाददाता
कार्तिक १४, २०७३
तिहारमा रमाइलोका लागि देउसी–भैलो खेलिन्छ ।
संयमित र अनुशासित भएर देउसी–भैलो खेल्नुपर्छ ।
देउसी–भैलो खेल्दा पैसा कम दियो भनेर चित्त दुखाउनुहुँदैन ।
देउसी–भैलो खेल्न जाने ठाउँमा पूर्वसूचना दिएर जानु उपयुक्त हुन्छ ।
राति अबेरसम्म अरूलाई हानि हुने गरी देउसी–भैलो खेल्नु हुँदैन ।
आजभोलि संस्था, साथीसाथीको समूह मिलाएर देउसी–भैलो खेलिन्छ । यसरी देउसी–भैलो खेल्दा अर्को समूहसँग झगडा गर्नु हुँदैन ।
आफू खेल्न जाने घरमा अर्को समूहले देउसी–भैलो खेलिरहेको छ भने डिस्टर्व गर्नु हुँदैन ।