कार्तिक २०, २०७३
मैले मन्दिर भेटें तर भगवान् भेटिनँ
खोजें एकछिन त आफ्नै जीउ ज्यान भेटिनँ
सडकमा कति छन् कति भोका–नाङ्गाहरू,
तिनकै आङ छोप्ने टालो र खानपान भेटिनँ
जो मरी मेट्दैछ दिन–रात त्यही सन्तानका लागि,
त्यही घरकी बूढी आमाको कुनै सम्मान भेटिनँ
विनाशकारी भूकम्पले हजारौंको ज्यान जाँदा,
दाहसंस्कार गर्नलाई हो चिता र चिहान भेटिनँ ।
हाल : दक्षिण कोरिया