साप्ताहिक संवाददाता
लमजुङमा आयोजना हुन लागेको एक बृहत सांस्कृतिक कार्यक्रममा नायिका रेखा थापा सहभागी हुँदैछिन् । नेपाली चलचित्र, लोक दोहोरी ,आधुनिक र हास्य बिधाका कलाकार तथा चलचित्र पत्रकार गरि झण्डै बिस जनाको टोली उक्त कार्यक्रममा मंसिर चार गते काठमाण्डौ बाट लमजुङ जाँदैछ ।
उक्त महोत्सबका लागि नायिका रेखा थापा, लोक दोहोरी गायिका शर्मिला गुरुङ, लोक दोहोरी गायक प्रकाश कटुवाल, आधुनिक गायक सिमान्त सन्तोष तथा कलाकार रमेश दुलाल उक्त कार्यक्रमका लागि लमजुङ जाने भएका हुन् ।
फिल्मिजुम डट्कमले महोत्सबको आयोजना गरेर समाजसेवा गर्ने लक्ष्य लिएको छ । ‘बाल आश्रम र बृद्धा आश्रमको सहयोगार्थ फिल्मिजुम अक्षय कोष खडा गरेका छौं ।’
अनलाईनकी सम्पादक स्वस्तिका चिलुवालले यो बार्षिक उत्सब जस्तै अन्य बर्षहरुमा पनि समाज सेवामा समर्पित हुने जनाउदै आफुले बाल आश्रम र बृदा आश्रमको सहयोगार्थको निमित्त नै यसबर्ष देखि फिल्मिजुम अक्षय कोष खडा गरेको पनि जानकारी दिईन् । नायिका रेखा थापाको हातबाट बृद्धाश्रममा लत्ता कपडा बितरण हुँदैछ । त्यस्तै सोही कार्यक्रममा रंग पत्रकार बिदुर गिरीलाई फिल्मिजुम चलचित्र पत्रकारिता परस्कारले सम्मान गरिदैछ ।