साप्ताहिक संवाददाता
कार्तिक २४, २०७३
उपकार बृद्धाश्रमकी अध्यक्ष तथा गायिका सरस्वती लामाले काभ्रे चापाखोरी घर भएकी मञ्जुमाया तामाङका लागी ४१ हजार रुपैंयाँ सहयोग जुटाएकी छिन् । तामाङ ज्वरोका कारण दुबै कान नसुन्ने भै बिरामी भएकी थिईन् । कानको शल्यक्रिया गर्नको लागि घरायसी आर्थिक अवस्था कमजोर भएकोले सो उपचारको लागि गायिका लामाले सहयोग जुटाएकी छिन् ।
यसै गायिका तथा उत्तर पूर्व संगीत एण्ड सिनेमाकी अध्यक्ष सरस्वती लामाको प्रयासमा हाल सम्म संकलित ४१ हजार रूपैंयाँ बिरामीको बैंक खातामा जम्मा गरि सोको भौचर हस्तान्तरण गरिएको छ । मञ्जुमाया तामाङ तथा सरस्वती लामा दुबैजनाले सहयोगी सबैप्रति धन्यबाद ज्ञापन गरेका छन् ।