साप्ताहिक संवाददाता
कार्तिक २५, २०७३
चाइल्ड आइकन–२०१६ को उपाधि मुस्कान वैद्य तथा मुस्कान जोशीले जितेका छन् । ५३ जना प्रतिस्पर्धिहरुलाई पाखा लगाउँदै मुस्कान वैद्यले सिनियर चाइल्ड आइकन तथा ३९ जना प्रतिस्पर्धिलाई निराश बनाउँदै मुस्कान जोशीले जुनियर चाइल्ड आइकनको उपाधि पहिरिएिका हुन् ।
दुबै विजेताले टर्किमा आयोजना हुने लिटिल मिस एण्ड मिस्टर युनिभर्स–२०१७ तथा बुल्गिेरियामा हुने चिल्ड्ेरन अफ यूनिभर्स–२०१७ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सिनियर चाइल्ड आइकनतर्फ पेमा याङचेनले फस्ट रनर्स अप तथा हिमांश अर्यालले सेकेण्ड रनर्स अपको उपाधि जिते भने मोहित महर्जन तथा तनया कोइरालाले जुनियरतर्फको फस्र्ट रनर्स अप र सेकेण्ड रनर्स अपको उपाधिमा चित्त बुझाए ।