साप्ताहिक संवाददाता
कार्तिक २५, २०७३
भोलीदेखि प्रदर्शन हुने चलचित्र जात्रा को प्रिमियर शो गरिएको छ । बुधवार जयनेपाल चलचित्र भवनमा प्रिमियर शो गरिएको हो ।
चलचित्र प्रदर्शन हुनु अघि हजार समाउ, लाख कमाउ अफरका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विपिन कार्की ‘भष्मे’ ले स्कुटर बिजेतालाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा चलचित्रका अभिनय गरेका कलाकार वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्रसिंह बानियाँ लगायत अन्यको उपस्थिती थियो । प्रदिप भट्टराइको निर्देशनमा बनेको जात्रा भोलि शुक्रवारदेखि मुलुकभर प्रदर्शन हुने भएको छ ।