साप्ताहिक संवाददाता
कलर्स मोबाइलले प्राइड पी ८५ स्मार्टफोन बजारमा ल्याएको छ । नयाँ पुस्तालाई लक्षित गरेर यो स्मार्टफोन बजारमा ल्याएको कम्पनीले जनाएको छ । फिङ्गर प्रिन्ट सेन्सरयुक्त यो स्मार्टफोन छरितो र आकर्षक डिजाइनमा उपलब्ध छ ।
कलर्सको यो स्मार्टफोनमा प्रयोग भएको फिङ्गर प्रिन्ट अनलक गर्ने विशेषताभन्दा अरु पनि थुपै्र विशेषता उपलब्ध छन् । फिङ्गर प्रिन्ट सेन्सरमार्फत सजिलै फोटो खिच्न सकिने छ । फोनमा तेब्बर एलईडी फ्ल्याससहितको ८ मेगापिक्सेल क्षमताको मुख्य क्यामेरा र ५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामरा रहेको छ । फोनमा १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसरसहित १ जीवी र्याम रहेको छ ।
१६ जीवी इन्टरनल मेमोरी रहेको फोनलाई ३२ जीवीसम्म क्षमता बढाउन सकिन्छ । यस स्मार्टफोनमा २५ सय एमएएच क्षमताको ब्याट्री रहेको छ । यो फोनको बजार मूल्य ११ हजार चार सय ९५ रुपैंयाँ रहेको छ ।