साप्ताहिक संवाददाता
निर्माताका रूपमा रवीन्द्रसिंह बानियाँले चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ को निर्माण गरेका थिए । त्यसपछि अहिले उनी चलचित्र ‘जात्रा’ मार्फत एकपटक फेरि दर्शकमाझ आएका छन् । रंगकर्मी बानियाँलाई पछिल्लो पटक ‘पशुपतिप्रसाद’ को हनुमान भनेर चिनिएको छ ।
पशुपतिप्रसादमै भष्मेको पात्र निर्वाह गरेर चर्चामा रहेका कलाकार विपिन कार्कीलाई रवीन्द्रको ‘जात्रा’ मा मुख्य भूमिकामा देख्न सकिन्छ । महजोडीका टेलिश्रृंखला तथा चलचित्रहरूमा सहायक निर्देशक भै काम गरेको अनुभव सँगालेका प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको हास्यप्रधान चलचित्र ‘जात्रा’मा विपिन र रवीन्द्रका साथमा अर्का रवीन्द्र झा पनि छन् ।
स्टेसनरी पसले विपिन, रेडिमेड कपडा व्यापारी रवीन्द्र र नाईको पेसा गरिरहेका रवीन्द्र झाको हातमा अचानक करोडौं कालोधन आइलाग्छ । त्यसपछि त्यही धनका कारण यी तिनले भोग्नुपरेको समस्यालाई हास्य ढंगबाट चलचित्रमा उतारिएको छ । यो चलचित्र आजबाट देशभर प्रदर्शन हुँदैछ ।
निर्देशक : प्रदीप भट्टराई
संगीत : रोशन थापा
कलाकार : विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे आदि ।
जात्रा को अफिसियल ट्रेलर