साप्ताहिक संवाददाता
अस्ट्रेलिया तथा नेपालमा छायांकन गरिएको चलचित्र ‘जंगबहादुरको कोट’ मा म्युजिक भिडियोबाट चलचित्रमा प्रवेश गरेका नायक विमलेश अधिकारी मुख्य भूमिकामा छन् । विमलेश अधिकारी अमेरिका पलायन भैसकेपछि यो चलचित्र प्रदर्शन हुँदैछ ।
आजबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सस्पेन्स आपराधिक कथा रहेको चलचित्रका रूपमा प्रस्तुत गरिएको छ । अस्ट्रेलियामा बसेका युवा तथा त्यहाँ आपराधिक कार्यमा लागेका व्यक्तिहरूले डेढ सय वर्षअघिका राणा प्रधानमन्त्री जंगबहादुर राणाले लगाएको एक बहुमूल्य कोट कतै रहेको र त्यसको मूल्य असाध्यै महँगो छ भन्ने तथ्य फेला पार्छन् ।
त्यही कोटको तथ्य र रहस्यमा अल्झिएको छ चलचित्र ‘जंगबहादुरको कोट’ । चलचित्रमा विश्व बस्नेत, सुचित्रा आचार्य, विपुल ज्ञवाली, शुभांगिनी कोइराला र समीक्षा अर्यालले पनि अभिनय गरेका छन् ।
निर्देशक : आशिष भेटवाल
संगीत : कालीप्रसाद बासकोटा/विनोद घिमिरे
कलाकार : विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की आदि ।
जात्रा को अफिसियल ट्रेलर