सुन्दरता सहरका क्लबमा मात्र होइन, तरकारीको भारीमा पनि खुल्छ । उनी सुन्दर छिन् र त्यसैले भाइरल बनाउनेहरूले उनको प्रसंसा गरेका हुन् । त्यसबाहेक यसमा सोच्नुपर्ने अरू कारण म देख्दिनँ ।
विशाल भण्डारी, म्युजिक भिडियो निर्देशक
यो घटनाले हाम्रोमा राजनीति मात्र नभएर सामाजिक स्थिति पनि ‘संक्रमणकालीन अवस्थामा छ’ भन्ने देखाउँछ, किनभने त्यो तस्बिर र त्यसपछि आएका प्रतिक्रियाहरू नियाल्दा श्रम र कलाबीच ठूलो विभेद देखिन्छ ।
सोमनाथ खनाल, रंगकर्मी
मानिसहरूले ताजा तरकारी खान नपाएकाले ।
आर्यन सिग्देल, नायक
चियावालालाई ‘काउन्टर’ ।
रवीन्द्रसिंह बानियाँ, कलाकार/निर्माता
मैले त तरकारीवालीका तस्बिरमा कुनै विशेषता र अर्थ देखिनँ ।
रोशन प्रसाईं, विज्ञापन व्यवसायी
सामाजिक सञ्जालको बढ्दो प्रयोग र उनको सरल सुन्दरता ।
स्मृति दाहाल, मोडल
उनको सुन्दरता र भाग्य ।
सम्पदा बानियाँ, मोडल
बौद्धिक वर्गको बौद्धिकतामाथि प्रश्नचिह्न ।
दिनेश राउत, निर्देशक
तरकारीवालीको सादगी ।
नलिना चित्रकार, गायिका
पत्रकारहरूसँग समाचारको कमी ।
सरोज खनाल, नायक
नयाँ मिडियाको कमाल हो । संसारमा काम गर्ने धेरै छन्, तर काम गर्दा आफूले काम गरेको थाहा नपाउनेले पनि सबैको नजरमा उत्कृष्ट काम गर्न सक्छन् भन्ने हो र यो दुनियाँमा के काम गर्दा को कसरी ‘क्लिक’ हुन सक्छ भन्ने कुराको उदाहरण पनि हो ।
भूपेन्द्र खड्का, गीतकार/रेडियोकर्मी
उनले गरेको श्रम र उनको सुन्दरताको कदर गर्दै मानिसहरूले उनका तस्बिर सामाजिक सञ्जालमा सम्प्रेषण बढाएका हुन् । बिस्तारै यसले लहडको रूप लियो र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवेश पायो । बरु अहिले उनलाई व्यापारीकरण गर्ने खतरा बढ्दै जानुचाहिँ चिन्ताजनक विषय हो ।
अविरल थापा, लेखक/समाजशास्त्री
मौलिक सुन्दरतासँग आधुनिकताको हल्का मिश्रणले उनी आकर्षक देखिएकीले ।
राजनराज शिवाकोटी, संगीतकार
आमसञ्चारको पहुँच र मानिसहरूले सामाजिक सञ्जालमा बिताउने समयको परिणाम ।
गोरख विष्ट, फोटोग्राफर
सुन्दर युवतीको चर्चा गर्न युवा जमातको लर्को नै लाग्छ । त्यसकै परिणाम हो ।
वर्षा बस्नेत, सञ्चारकर्मी
म ‘तरकारीवाली’ र उहाँको पेसालाई सम्मान गर्छु । जे भएको छ त्यो नराम्रो पनि होइन, तर अचम्म के छ भने कुन कुरालाई कति प्राथमिकता दिने भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । यो प्रचार तथा प्रतिक्रिया आवश्यकताभन्दा बढी भयो कि ?
अर्जुन पोखरेल, संगीतकार
भारतीय मिडियाको बेबकुफी । यो भ्युज र टिआरपी बढाउन यस्तै वाहियात समाचार सम्प्रेषण गरिरहन्छन् । यो पनि त्यसकै एउटा संस्करण हो ।
सामीप्य तिमिल्सिना, चलचित्र लेखक कुसुम श्रेष्ठको भाग्य ।
अनिल थापा, नायक
‘कुल’ बन्ने लहड ।
सुरेश पौडेल, टेलिभिजनकर्मी
राम्री ।
गौरव पहारी, नायक
तरकारीको भाउ अकासिएको अवस्थामा तरकारी किन्नुभन्दा तरकारीवालीलाई हेर्नु बेस भनेर ।
सन्दीप सापकोटा, चलचित्र सेन्सर बोर्ड सदस्य