साप्ताहिक संवाददाता
कार्तिक २७, २०७३
अर्काको दोष मात्र गनेरै सकिने भो
तेस्रोलाई दुस्मन भनेरै सकिने भो
हाम्रो त्रिकोणात्मक प्रेमकथा
सर्प, बिच्छी र भ्यागुतो बनेरै सकिने भो ।
मातृत्वकै विरुद्धमा, भाव राखिदिई
हराभरा हुनै लाग्या थ्यो, अभाव राखिदिई
पतिले बच्चाको नामसम्म, सोचेको थियो
पत्नीले गर्भपतनको, प्रस्ताव राखिदिई ।
आफ्नै कमजोरीका वार्तालाप सहन्छ
बाहिर छ, कोठाभित्रको सब पाप सहन्छ
उसकै कमाइले घर चल्ने बुझेर
वेश्याको पतिले चुपचाप सहन्छ ।