साप्ताहिक संवाददाता
कार्तिक २७, २०७३
नेपाली साहित्य बजारमा कि त उपन्यासको चर्चा हुन्छ कि कथा–संग्रहको । विश्वसाहित्यमा लामा कथाहरूको वर्चस्व कायम रहे पनि नेपाली साहित्यमा यसको प्रयोग निकै कम भएको पाइन्छ ।
दर्जनौं कथासंग्रह र त्यसभन्दा बढी उपन्यास प्रकाशन भए पनि लामा कथा–संग्रह बजारमा निकै कम देखिन्छन् । गोविन्द गिरी प्रेरणाले लामा कथा–संग्रह ‘गन्तव्य गणबहाल’ प्रकाशन गरेको एक वर्षपछि ‘चार नेपाली कथाहरू’ बजारमा आएको छ ।
मोहनराज शर्मा, तीर्थ प्रसाईं, हिमाल घिमिरे तथा सन्देश घिमिरेले लेखेका मानक कथाहरूलाई एक ठाउँमा राखेर भाषा नेपाल प्रकाशनले उक्त पुस्तक बजारमा ल्याएको हो । प्रखर समालोचक मोहनराज शर्मासहितको टोलीले यी कथा छनौट गरेका कारण पनि यो पुस्तकको ओज बढेको छ । यो पुस्तकको मूल्य ३ सय रुपैयाँ छ ।