साप्ताहिक संवाददाता
कान्तिपुर टेलिभिजनवाट शुक्रवार साँझ साढे सात बजे प्रसारण हुदैं आएको कमेडी कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ आम दर्शकमाझ छोटो समयमै चर्चा कमाऊन सफल बनेको छ ।
एड रिलिजले निर्माण गरेको र दिनेश डिसीले निर्देशन गरेको यो कार्यक्रममा निर्देशक डिसीको दोहोरो भुमिका रहेको छ । ‘भुन्टे राजा’ को भुमिका समेत प्रस्तुत भएका डिसीको यो भुमिकालाई धेरै दर्शकले मनपराएका छन् । निर्देशक डिसीले ट्वाक्क टुक्क रिटर्न्समा महादेव त्रिपाठीलाई प्रेमचरोको भुमिकामा प्रस्तुत गरेका छन् भने सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ को प्रस्तुतीले कार्यक्रमलाई थप हाँस्य बनाएको छ । यो कार्यक्रममा शुशिला निरौला ‘बिम्ली’, जुंगे भट्टराई, जनक खड्का ‘उभिण्डे’, शंकर पाण्डे, सुरेश असिम, घनश्याम लामीछाने (नक्कली प्रचण्ड), गिरी राज ‘जगल्टे’ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
१६ मिनेटको उक्त कार्यक्रममा ८ मिनेट विज्ञापन भरिएको कारण यो कार्यक्रम छोटो मिठो भएको निर्देशक डिसी बताउछन् । डिसीका अनुसार कार्यक्रमलाई थप रोचक बनाउन हरेक साता एक जना नयाँ सेलिब्रेटीको अभिनयलाई पनि समावेश गर्दै लगेका छौं । यो कार्यक्रमलाई टेलिभिजनको पर्दामा हेर्न नभ्याउने दर्शकलाई मध्यनजर गरेर युट्युववाट पनि हेर्न सकिने ब्यवस्था गरिएको छ ।
ट्वाक्क टुक्क रिटर्नस्को एक भाग