साप्ताहिक संवाददाता
कार्तिक २८, २०७३
बेलिडान्सर तथा गायिका कमला सापकोटाको नयाँ म्युजिक भिडियो 'डार्लिङ' सार्बजनिक भएको छ । शनिबार मीनभबनस्थित पानस रेस्ट्रोमा गायिका प्राश्ना शाक्य, जुना प्रसाँई तथा स्वयं सापकोटाले संयुक्त रुपमा सार्बजनिक गरे ।
'डार्लिङ' गीतको शब्द तथा संगीत गायिका सापकोटाकै रहेको छ । यसमा संगीत संयोजन भने विकास भुजेलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा कमलासँगै पवन पाठकको नृत्य रहेको छ । त्यस्तै विज्ञान तथा दीप्सनको समेत अभिनय रहेको छ । ‘यस गीतबाट मैले धेरै नै आशा गरेकी छु ।’ गायिका सापकोटाले भनिन्, ‘यो सहभागिताले पनि ममा उत्साह थपिएको छ ।’
यस्तो छ डार्लिङ को भिडियो