कार्तिक ३०, २०७३
चलचित्र ‘अलबिदा’ बाट उदाएका नायक हसन खान नायिका निशा अधिकारीसँग ‘ल्याङ–ल्याङ’ गर्दैछन् । निशासँग मात्र होइन, उनले मोडल ओसिमा बानुसँग पनि ‘ल्याङ–ल्याङ’ गरिरहेका छन् । युवापुस्तामा बोलिने शब्द ‘ल्याङ–ल्याङ’ को अर्थ झिजोँ लगाउनु वा दिक्क पार्नु भन्ने बुझिन्छ ।
‘ल्याङ–ल्याङ’ कुनै चलचित्रको शीर्षक भने होइन, यो नायक हसन खानले निर्माण गर्न लागेको चलचित्र ‘रोमियो’को गीतको शीर्षक हो । ‘ल्याङ–ल्याङ नगर मैया’ बोलको उक्त गीतको लिरिकल भिडियो युट्युबमा रिलिज भएपछि चर्चामा आएको छ ।
यही चर्चाका कारण निर्माता तथा नायक खान अहिले मख्ख छन् । छायांकनका क्रममा रहेको आफ्नो चलचित्रको गीत चर्चित हुँदा हसन भनिरहेका छन्–‘गीत हिट भए चलचित्र हिट’ ।