साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७३
घोराहीकी एलिशा रानामगरले मिस फेसबुक क्विनको उपाधि जितेकी छिन् । एक कल समस्या हलले आयोजना गरेको ‘मिस फेसबुक क्विन दाङ फोटो प्रतियोगिता–२०१६’ मा सर्वाधिक सेयर र लाइक प्राप्त गरी रानाले उक्त उपाधि प्राप्त गरेकी हुन् । प्रतियोगितामा जलजला अधिकारी दोस्रो, प्रियंका श्रेष्ठ तेस्रो, क्रिष्टिना पुन चौथो तथा रोजी दाहाल पाँचौं स्थानमा रहे ।