साप्ताहिक संवाददाता
मंसिर १, २०७३
एन्डी क्यारोल नाम चलेका फुटबल खेलाडीमा पर्छन् । इंग्ल्यान्डका यी फरवार्ड प्रिमियर लिगमा वेस्ट ह्यामका लागि खेल्छन् । उनी धेरै राम्रो कमाउने खेलाडीमा पर्छन् । यस्त नाम चलेका खेलाडी पनि यसै साता लन्डनमा आपराधिक आक्रमणमा परे । उक्त घटनामा हात हतियारले सुसज्जित केही आक्रमणकारीले उनलाई लुट्ने प्रयास गरेका थिए ।
यसक्रममा उनको कन्चटमा बन्दुकसमेत तेस्र्याइएको थियो । क्यारोल त्यति बेला वेस्ट ह्यामका लागि अभ्यास सत्र सकेर घर फर्कने क्रममा थिए । उनकै शब्दमा उनलाई लागेको थियो, सायद अब बाँचिन्न । ठीक मौकामा लन्डनको प्रहरी भ्यान आएपछि मात्र उक्त सम्भावित दुर्घटना टरेको थियो ।