साप्ताहिक संवाददाता
मंसिर १, २०७३
बेलायतको एउटा महिला रग्बी क्लबका खेलाडीले आफ्नो खेललाई अझ लोकप्रिय बनाउन साहसी बाटो रोजेका छन् । हिट्सन लेडिस रग्बी क्लबका खेलाडीहरूले सन् २०१७ को क्यालेन्डर तयार पार्ने क्रममा त्यसमा राखिने तस्बिरका लागि नांगै मोडलिङ गरेका छन् ।
उनीहरूलाई विश्वास छ, उक्त क्यालेन्डरले महिला रग्बीलाई स्थानीय स्तरमा लोकप्रिय बनाउने छ नै, त्यसबाहेक क्यालेन्डरको बिक्रीबाट आउने रकमले पूरा खेललाई नै केही सजिलो पनि हुनेछ । यसरी नांगै तस्बिर खिचाउने खेलाडीले यस क्रममा रमाइलो मात्र महसुस गरेनन्, उनीहरूको दाबी थियो, यसले सबै खेलाडीको आत्मविश्सास पनि बढाएको छ ।