हरेक मान्छेमा हरेक क्षेत्रको ज्ञान–चेतना हुनु राम्रो कुरा हो । यद्यपि एउटै मान्छे सबै क्षेत्रको विज्ञ हुन सक्दैन र मान्छेको कमजोरी यही हो कि ऊ आफूलाई हरेक क्षेत्रको विज्ञ नमानी बस्न सक्दैन । हाम्रो देशको प्रमुख समस्यामध्येको एउटा प्रमुख समस्या यही हो । यहीाबाट सुरु हुन्छ नकारात्मकता । एउटा विज्ञले आफ्नो राय प्रकट गर्दा ‘ताभन्दा म के कम ?’ मार्काको शैलीमा हजार जना कथित विज्ञ निस्कन्छन् । हरेक कुरामा बहस हुनु, तर्क हुनु राम्रो कुरा हो तर यहाा त सीधा विरोध मात्र गरिदिन्छन् । कति विरोधका लागि विरोध गर्छन् ।
कति अरुको मनोबल गिराउन मात्र विरोध गरिदिन्छन् । यति धेरै नकारात्मकता किन ? कतिपय मानिसलाई बिहान उठ्नेबित्तिकै आज कसलाई वा के कुराको विरोध गर्ने भन्ने टाउको दु:खाइ सुरु हुन्छ । यहाा कसैको विचार वा तर्कमाथि औंला उठाउन पाइएन भने ट्वाइलेटमा बस्न पनि नसक्ने मानिसहरूको ठूलो जमात छ ।
यो संसार सबैको हो । यहाा हरेक मान्छे स्वतन्त्र छन्, आलोचना गर्न पनि । यद्यपि आलोचनाको पनि मर्यादा हुन्छ । जसलाई आफूमा विश्वास हुन्छ उसले त सधौ आफौलाई तिखारिरहन्छ । आफौलाई निखारिरहन्छ र जसलाई आफौमा विश्वास हुँदैन ऊ अरुलाई सरापिरहन्छ । अरुमाथि कुर्लिरहन्छ । काम गर्नेहरू, मेहनत गर्नेहरू कामले प्रमाणित गरिदिन्छन्, आफू कोहीभन्दा कम छैन भनेर । कुर्लिनेहरू, उफ्रिनेहरू सधौ भ्यागुताजस्तै टर्वारट्वार्ट उफ्रिरहन्छन् कान्ला कट्ने दम नभएर ।
नकारात्मक कुरा सरुवा रोगजस्तै रहेछ
नकारात्मकता फैलन्छ विशेषगरी सामाजिक सञ्जालबाट । त्यसो त सामाजिक सञ्जालका सकारात्मक प्रयोगकर्ताहरू पनि प्रशस्तै हुनुहुन्छ र नकारात्मक, विशेषगरी कसैलाई गाली नगरी, कसैको आलोचना गरी, मनपरी नबोली बस्नै नसक्ने खालका प्रयोगकर्ता पनि उत्तिकै हुनुहुन्छ । सेतो सुकिलो कपडामा एउटा सानो दाग लाग्यो भने पनि परैबाट प्रस्ट देखिन्छ । नकारात्मक कुरा भनेको त्यस्तै हो । कपडाको सफा भाग धेरै भए पनि मान्छेको ध्यान केवल एउटा सानो दागमा परेजस्तो ।
सामाजिक सञ्जाल चलाउादा मेरो अनेकथरी मान्छेसँग संगत भयो । राम्रा पनि परे । नराम्रा पनि परे । हरेक पटक गालीगलौजमै व्यस्त हुने पनि परे । सामाजिक कार्य र सद्भाव फैलाउने पनि परे । तर उही सुकिलो कपडामा दाग देखिएसरी हरेक दिन बिहान उठ्नासाथ नकारात्मक पोस्टहरूमा ध्यान जान्थ्यो । कतिपय मानिस आज कसलाई गाली गर्ने ? कोसित निहुा खोज्ने ? भन्नेमा तल्लीन रहेको देख्थो । त्यो रोग ममा पनि सरिहाल्यो । मलाई पनि कसै न कसैलाई गाली नगरी बस्नै नसक्ने बानी लाग्यो । मेरो दिमागमा पनि नकारात्मकता भरिादै जानथाल्यो । मेरोले लेखाइमा पनि नजानिादो पाराले गालीगलौज र आलोचना मिसिन थाल्यो । म पनि अरुको जीवनमा दख्खल दिन थालो । पछि चेतना भयो, जोसँग अक्कल हुादैन उनीहरूले नै अरूको जीवनमा दख्खल दिन्छन् ।
यो चेतना भैसकेपछि कि म गलत बाटोमा हिाडिरहेको छु, मैले त्यस्ता नकारात्मक व्यक्तिहरूलाई घाउजस्तै निचोरेर फ्यााकिदिएा । जो मान्छेमा सकारात्मकता छ, जो कुरामा होइन काममा विश्वास गर्छ । जो सााच्चैको सामाजिक छ उसका मात्र पोस्टहरू देख्न थालेपछि मभित्रको नकारात्मकता पनि हराउादै गयो र सकारात्मकता फैलन थाल्यो ।
आफू कस्तो बन्ने, मान्छेले त्यसैअनुरूपको संगत खोज्नुपर्छ । दुईपटक भेट भयो भने मान्छे प्रस्ट चिनिन्छ । त्यससितको सम्बन्ध अघि बढाउने कि नबढाउने यो कुरा जोकसैले रोज्न पाउाछ । सकारात्मक कुरा फिाजिन धेरै बेर लाग्छ तर नकारात्मक कुरा रातारात भाइरल हुन्छ । एकजना मान्छेको सय जना साथी हुनु कुनै ठूलो कुरा होइन, तर दसवटा राम्रो कुरा सिकाउने एउटा साथी भए जीवनमा धेरै थोक पाएजस्तो हुन्छ ।