साप्ताहिक संवाददाता
हरेक ४ बालिका र ६ बालकमा एकजना यौन दुव्र्यवहारको सिकार भएका हुन्छन् । यो भ्वाइस अफ चिल्ड्रेन र बाल यौनदुव्र्यवहारका विषयमा कार्यरत संस्था इन्ट्याक्ट मिडियाले एक अध्ययन तथा अनुसन्धानमार्फत सार्वजनिक गरेको तथ्य हो । बालिकाहरू यौन दुव्र्यवहारमा परेका वा बलात्कृत भएका घटना निकै सुनिन्छन्, तर बालकहरू पनि यौन दुव्र्यवहारमा पर्छन् भनेर कसैले अनुमान लगाउँदैनन् ।
आज सार्वजनिक हुने चलचित्र ‘छायाँ’ को मूल विषय यही हो, जसको निर्माण भ्वाइस अफ चिल्ड्रेन र इन्ट्याक्ट मिडियाले संयुक्त रूपमा गरेको हो । अनुमान नगरिएको सम्बन्धी वा परिचितबाट आफ्ना बालबालिका यौनदुव्र्यवहारको सिकार भैरहेका कैयन् अभिभावकले समेत थाहा पाउँदैनन् वा लोकलाजका कारण उक्त कुरालाई सार्वजनिक गर्न चाहँदैनन् ।
दुव्र्यवहारमा परेका बालक वा बालिकाको मनोदशाका बारेमा कसैलाई चासो हुन्न । ‘ग्रेटर नेपाल’ वृत्तचित्र, दासढुंगा तथा वधशाला जस्ता चलचित्र निर्देशन गरेका फरकधारका निर्देशक मनोज पण्डितको निर्देशनमा तयार चलचित्र छायाँले त्यस्ता घटनाहरूबाट सजग रहने सन्देश दिन्छ ।
चलचित्र ‘छायाँ’ को अफिसियल ट्रेलर
निर्देशक : मनोज पण्डित
संगीत : कालीप्रसाद बासकोटा
कलाकार : अनुप बराल, अरुणा कार्की, साइव्रत आचार्य, प्रविना खड्का, प्रकाश दाहाल आदि ।