साप्ताहिक संवाददाता
मंसिर ३, २०७३
प्रेम एकजनासंग मात्र होइन, धेरै जनासँग हुनसक्छ भन्ने विषयमा आधारित चलचित्र ‘द फेमस’ आज शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यो चलचित्रमा प्राय: नयाँ अनुहारहरू छन् ।
डबल लभस्टोरी र फेमिली ड्रामा बताइएको चलचित्र द फेमसमा नायकको दुई नायिकासँग त्रिकोणात्मक प्रेम हुन्छ र दुई जनासँगको प्रेममा नायकलाई पर्ने समस्याका साथ पारिवारिक कथालाई पनि अघि बढाइएको छ ।
समीर बलामीकै लेखन रहेको यो चलचित्रलाई अशोक कार्कीले खिचेका हुन् । यसमा सुरेश चौधरीको सम्पादन, मधुकर बलामीको स्पेसल इफेक्ट्स हेर्न पाइन्छ । चलचित्र द फेमसको निर्माण अनिल महर्जनले गरेका हुन् ।
निर्देशक : समीर बलामी
संगीत : सन्तोष प्रगाढ/टंक बुढाथोकी
कलाकार : प्रमोद खड्का, सुमन थापा, सविना कार्की, सुरभी जैन विष्ट, सोनिया जीआर आदि ।
चलचित्र 'द फेमस' को अफिसियल ट्रेलर