साप्ताहिक संवाददाता
मंसिर ३, २०७३
इटालियन, जापानी, इण्डियन, तिब्बेतियन, नेपाली आदि अन्तर्राष्ट्रिय परिकारहरूको सौखिन हुनुहुन्छ भने यो विकेण्ड लाजिम्पाटस्थित त्रिसारा राम्रो विकल्प हुनसक्छ । एमएनएस भिम्याग विकेण्डअन्तर्गत त्रिसारामा भोलि शनिबार ‘एपेक्स डिजिटल फुड फेस्ट’ हुँदैछ ।
फुड फेस्टिभलसहित भिजेद्वय आलोक थापा र ओसिन सिटौलाको सञ्चालनमा जोभान भुजु तथा द साउण्ड अफ स्ट्रिम्स ब्याण्डको प्रत्यक्ष सांगीतिक प्रस्तुति पनि रहनेछ । फुड फेस्टिभल दिउँसो ३ बजे प्रारम्भ हुने बताइन्छ ।