मंसिर ४, २०७३
संसारको सबैभन्दा महँगो जुत्ता अमेरिकामा बनाइएको थियो । एउटा चलचित्रको ५० औं वार्षिकोत्सवका अवसरमा उक्त चलचित्रका निर्माताले आफ्नी श्रीमतीका लागि बनाउन लगाएको चप्पलजस्तो उक्त जुत्ताको मूल्य त्यसबेला ३० लाख डलर परेको थियो । उक्त जुत्तामा ४ हजार ६ सय थान रुबी तथा ५० क्यारेट तौल बराबरका हीरा जडान गरिएका थिए । उक्त जुत्ता बनाउन कारिगरहरूले २ महिना लगाएका थिए ।