साप्ताहिक संवाददाता
मंसिर ४, २०७३
प्रसारणको छोटो अवधिमै दर्शकमाझ लोकप्रिय हास्य श्रृंखला ‘ट्वाक्क–टुक्क रिटन्र्स’ मा दुई हास्य कलाकार भित्रिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ ७:३० बजेदेखि प्रसारण भैरहेको दिनेश डिसीद्वारा निर्देशित तथा प्रस्तुत यो कार्यक्रममा शिवशंकर रिजाल जोगिन्दर तथा सुरेन्द्र केसी मुला सागको जोडि भित्रिएको हो ।
ट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसीको दोहोरो भुमिकालाई दर्शकले मन पराएका छन् । होचो कदका भुन्टे राजाको अवतारमा प्रस्तुत हुने डिसी तथा प्रेमचरोको भूमिकामा प्रस्तुत भएका महादेव त्रिपाठीको भूमिका दर्शकको रोजाइमा परेका छन् । श्रृंखलामा सुशीला निरौला बिम्ली, जुंगे भट्टराई, जनक खड्का उभिन्डे, शंकर पाण्डे, सुरेश असिम, घनश्याम गौतम नक्कली प्रचण्ड, गिरी राज जगल्टे आदि कलाकारले अभिनय गरिरहेका छन् ।