साप्ताहिक संवाददाता
मंसिर ८, २०७३
चलचित्र ‘प्रेम गीत’ पछि दर्शकको नजरमा परेकी नायिका हुन्— पूजा शर्मा । उक्त चलचित्रपछि वर्षाले अन्य कुनै चलचित्रमा त अभिनय गरेकी छैनन् तर उनी समाचार तथा गसिपमा आउन समेत छाडेकी छैनन् । पूजा यतिबेला बैंककमा पुगेर गरिएको बिकिनी फोटोसेसनका कारण चर्चामा छिन् ।
‘म यस्तो गीत गाउँछु’ को छायांकनमा व्यस्त हुनुअघि पूजा बैंकक भ्रमणमा थिइन् । त्यहाँको समुद्री किनारमा पूजाले बिकिनीमा फोटो खिचाइन् अनि फेसबुकमा सेयर गरिन् । ती तस्बिर अपलोड भएको केही समयमै हजारौं लाइक तथा सयौं कमेन्ट आए । टु पिसमा प्रस्तुत भएकी पूजाले त्यसका लागि बैंकक नै किन रोजिन् भन्ने कुरा खुलेको छैन तर रमाइलो गर्न थाइल्यान्ड पुगेकी पूजाले त्यहाँ कतिसम्म रमाइलो गरिरहेकी छिन् भन्ने कुरा भने उनका तस्बिर हेर्दा स्पष्ट हुन्छ ।