साप्ताहिक संवाददाता
मंसिर ८, २०७३
नाम नखुलाइएको एउटा देशका राष्ट्रपतिले आफ्नी छोरीलाई विवाहमा दाइजो दिन एप्पल कम्पनीलाई अर्डर दिएर बनाउन लगाएको ३२ जीबीको डाइमन्ड रोज नामक आइफोन–४ लाई अहिलेसम्मकै सबैभन्दा महँगो मोबाइल फोन मानिन्छ ।
त्यतिबेला ८० लाख डलर खर्च गरिएको उक्त मोबाइल फोनमा १ सय क्यारेट तौल बराबरका ५ सय थान हीरा जडान गरिएको थियो भने त्यसको फ्रन्ट फेसमा रहेका बटनमा ७ दशमलव ४ तथा ८ क्यारेटका हीरा जडान गरिएका थिए । त्यसैगरी उक्त फोनमा रहेको एप्पलको लोगोमा मात्र ५३ वटा हीरा थिए । उक्त फोनको केस रोज गोल्डबाट बनाइएको थियो ।