साप्ताहिक संवाददाता
मंसिर ९, २०७३
गायिका बिन्दु राई (विजया) को नयाँ साकेला गीत सार्बजनिक भएको छ । 'आशिष मागें' एल्बममा समाबेश चिउरीको पात टिपेर बोलको गीतले चर्चा बटुल्दै गएको छ । बिन्दुको आवाजमा स्वरबद्ध यस गीतको शब्द रचना तथा संगीत संयोजन सूर्य मगरले गरेका हुन् ।
ब्लेस म्यूजिक प्रालिको प्रस्तुती चिउरीको पात को म्युजिक भिडियोमा चर्चित नृत्यङ्गना पार्वती राई र विजय थापाले अभिनय गरेका छन् । होम दाहालले यस म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।
चिउरीको पात गीतको म्युजिक भिडियो