मंसिर ९, २०७३
स्प्रिन्टर युसेन बोल्ट इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका निकै ठूला समर्थक हुन् । उनको सानैदेखिको इच्छा म्यानचेस्टरका लागि खेल्ने हो । ९ वटा ओलम्पिक स्वर्ण पदक विजेता बोल्ट अहिले एथलेटिक्सबाट संन्यासको सँघारमा छन् । यसपछि के त ?
उनको योजनामा फुटबल छ र उनलाई विश्वास छ— कुनै त्यस्तो दिन पक्कै आउनेछ, जति बेला उनले म्यानचेस्टरका लागि खेल्नेछन् । बोल्ट यसका लागि कति गम्भीर छन् भने उनले त्यसका लागि पाइला पनि चालिसकेका छन् । उनी अहिले जर्मन बुंडेसलिगा क्लब बोर्सिया डर्टमन्डसँगै अभ्यास गरिरहेका छन् । बोल्टलाई विश्वास छ, यसबाट उनलाई म्यानचेस्टर जान सजिलो हुनेछ ।