साप्ताहिक संवाददाता
मंसिर १०, २०७३
गायक केशव बस्नेतको स्वरमा सजिएको आधुनिक शैलीको गीत ‘स्वर्ग मलाइ..’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार रवि मल्लले गायक बस्नेतका लागि कर्णप्रिय धुन तयार पारिदिएका छन् ।
स्वर्ग मलाइ गीतका रचनाकार पनि रवि मल्ल नै हुन् । फराज अर्पणद्वारा निर्देशन गरिएको यो गीतमा सुलभ भट्ट तथा एञ्जल श्रेष्ठले अभिनय गरेका छन् । फार अवे इन्टरटेन्मेन्टले यो भिडियो निर्माण गरेको हो ।
स्वर्ग मलाइ गीतको म्युजिक भिडियो