साप्ताहिक संवाददाता
दयाहाङ राई र प्रियंका कार्कीको जोडी जमेको देखेर उनीहरूको ईष्र्या गर्नेहरू पनि बढेका छन् । विवाहित दयाहाङ र सिंगल प्रियंका रिलमा मात्र होइन, रियलमा पनि असाध्यै मिल्ने साथी हुन् । चलचित्रमा त उनीहरूको केमेस्ट्री मिलेकै छ, चलचित्र बाहिरसमेत उनीहरूको जोडी लोभलाग्दो देखिन्छ ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पुरानो डुंगा’ को प्रमोसनमा व्यस्त यो जोडीले आफ्नो जोडी जम्ने कारण पनि सार्वजनिक गरेको छ । प्रियंका कार्कीका अनुसार उनी तथा दयाहाङले अभिनयका लागि गरेको मेहनत नै उनीहरूको जोडी जम्नुको प्रमुख कारण हो । उनीहरू चलचित्रका हरेक दृश्यमा उत्तिकै मेहनत गर्छन् ।
यता दयाहाङको कुरा भने बेग्लै छ । उनका अनुसार प्रियंका उनकी सबैभन्दा नजिककी साथी हुन् । नजिककी साथी भएकैले चलचित्रमा समेत उनीहरूको केमेस्ट्री मिलेको हो । रिल र रियल दुवैमा केमेस्ट्री मिलेपछि जोडी नजम्ने त कुरै भएन ।