साप्ताहिक संवाददाता
मंसिर १०, २०७३
चलचित्र ‘ऐश्वर्य’को छायांकन प्रारम्भ भए लगत्तैदेखि नायक रमेश उप्रेतीले तनावको सामना गरिरहनुपरेको छ । दुई दिनमा सक्नुपर्ने फस्ट सेड्युलको द्वन्द्व दृश्य विभिन्न कारणले गर्दा चार दिन लागिरहेका बेला एक दिन छायांकन नै रोक्नुपरेपछि यही चलचित्रबाट निर्माता भएका कुनै समयमा अति व्यस्त नायक उप्रेतीलाई तनाव भएको हो ।
चलचित्र छायांकार महानन्द चौधरीको निधनमा शोक मनाउन एक दिन छायांकन नगर्न चलचित्र प्राविधिकहरूले गरेको आग्रह अटेर गर्दा प्राविधिक संघका अध्यक्ष पुष्कर लामासहितको टोली छायांकनस्थल पुगेर केही बेर वादविवाद गरेपछि ऐश्वर्यको छायांकन रोकियो । नायक उप्रेतीले एक दिन छायांकन हुँदा हुने घाटा सहेरै ऐश्वर्यको छायांकन रोकिदिए ।