मेष
प्रेममा दुविधा बढ्न सक्छ, ध्यान पुर्याएर निर्णय गर्नुहोला । पुराना साथीसँगको सहयोगले ओझेलमा परेका कार्य क्रमिक रूपमा सम्पन्न हुनेछन् । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन आवश्यक देखिन्छ । साताको अन्त्यमा राम्रो आम्दामी हुने व्यवसाय प्रारम्भ हुनसक्छ । सुनौलो रंगको प्रयोगले कार्यक्षेत्रमा विशेष लाभ पुर्याउनेछ ।
वृष
साथीभाइ तथा छरछिमेकका शुभकार्यमा केही बढी खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । विभिन्न किसिमका व्यक्तिसँग भेटघाट एवं भलाकुसारीमा साता व्यतीत हुनेछ । स्वास्थ्यको विचार नगरी खानपानमा रमाउँदा पेटसम्बन्धी समस्याले पिरोल्ने सम्भावना छ । मौसमअनुरूप सजगता अपनाउनुहोला ।
मिथुन
विशेष जमघटको फाइदा उठाउन अभिभावकहरूको सुझावको आवश्यकता पर्नेछ । बलजफ्ती गर्नाले परिस्थिति अनुकूल नहुन सक्छ । सहपाठीहरूले काममा अवरोध सिर्जना गर्ने रणनीति अपनाउन सक्छन् । जुक्ति–बुद्धि लगाउँदा ती काममा अधिकार जमाउन सकिनेछ । ठूलो प्रयत्न गरे लक्ष्यमा पुग्न गारो छैन । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आनन्द उठाउन पाइनेछ ।
कर्कट
होसियारीपूर्वक कार्य सम्पन्न गरे पनि आरोप आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । सोमबारपछिका दिन अनुकूल रहनेछन् । दोहोर्याएर थालिएका कार्य सफल हुनेछन् । मठ–मन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । सेतो रंग प्रयोग गर्न सके विभिन्न किसिमका समस्याबाट जोगिन सकिनेछ ।
सिंह
नयाँ मित्रहरूसँग भावना साटासाट हुनेछ । कुराहरूलाई सकारात्मक रूपमा लिनुहोला । मझौला किसिमको व्यवसायले सन्तोषजनक मुनाफा दिनेछ । छोटो तथा लामो यात्रा गर्ने साइत तय हुनसक्छ । प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ, समयमै होस पुर्याउनु उपयुक्त हुन्छ ।
कन्या
मांगलिक कार्य गर्ने चटारोले पारिवारिक वातावरण तताउनेछ । कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौधौ पर्नेछ । नगद सापटी लिएका मित्रहरूको हेलचेक्र्याइँले कारोबार व्यवस्थापन गर्न ढिलाइ हुने सम्भावना छ । राति अबेरसम्म यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।
तुला
पुराना साथीहरूले तपाईंको नेतृत्वप्रति विश्वास गर्दै नयाँ व्यवसाय श्रीगणेश गर्न सक्छन् । प्रतिस्पर्धीहरूले काम बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अवस्था अन्त्य हुनसक्छ । उच्च शिक्षाका लागि चुनिएको विषयले भविष्यको सही बाटो देखाउनेछ । सेतो रंगको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ ।
वृश्चिक
प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा लिए उचाइमा पुगिनेछ । आध्यत्मिक चिन्तन, योग एवं ध्यानले दुर्भावनाहरू समाप्त गर्दै भविष्यको मार्ग पहिल्याउन सहज बनाउनेछ । घरायसी व्यवहारमा अलमलिँदा पछि परिनेछ । नयाँ साथीहरूप्रति विश्वास गर्दा धोका हुनसक्छ । खानपानमा समयको फेरबदलले स्वास्थ्य बिगार्ने देखिन्छ ।
धनु
तपाईंप्रति अरूको मन लोभिएको स्थिति छ । आफूलाई मन पराएर विवाहको प्रस्ताव आए अभिभावकको निर्णय स्वीकार गर्दा विशेष फाइदा हुनेछ । अध्ययनका निम्ति विदेश जाने सोच छ भने अपेक्षा गरेकै नतिजा हात लाग्न केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा नशासम्बन्धी समस्याले सताउन सक्छ । योग तथा शारीरिक अभ्यासमा जोड दिनुहोला ।
मकर
अभिभावकहरूबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्याउनेछ । असहज परिस्थतिबाट उम्कन प्रेमिकाले आर्थिक सहयोगसमेत गर्नेछिन् । आधुनिक उपकरण तथा विलासिताका सामग्री खरिदमा बढी नै खर्च हुनसक्छ । अन्यौलबीच पाका व्यक्तिहरूको सुझावले सकारात्मक मार्ग देखाउनेछ ।
कुम्भ
परिस्थिति पहिचान गरी चालिएको कदमले उचित स्थान पाउनेछ । साथीहरूको भनाइमा भर पर्दा अवसर फुत्कने सम्भावना छ । आर्थिक कारेबारबाट टाढै रहनु उचित हुन्छ । परोपकारमा रुचि बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा सरिक भइनेछ । उपहार लिई भेट्न आउनेहरूसँग सचेत रहनुहोला ।
मीन
बोलीको प्रभावले रोकिएका कार्य पुन: सुचारु हुनेछन् । व्यवसायिक क्षेत्रमा सुधार आउनेछ भने धातुको कारोबारबाट मनग्य लाभ हुने देखिन्छ । अध्ययनको सिलसिलामा विदेश भ्रमण हुने योग छ । प्रयास गरे धेरै काममा सफल भइनेछ । टाढाको यात्रा गर्दा महत्वपूर्ण सामग्री छुट्न सक्छन्, चनाखो रहनुहोला ।