साप्ताहिक संवाददाता
मंसिर १०, २०७३
आज शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेन्टल’ मार्फत नायकका रूपमा प्रथम खड्काको आगमन हुँदैछ । सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘मेन्टल’मा खड्का केन्द्रीय भूमिकामा छन् । नायक प्रथमले धेरैसमय मुम्बईमा बसेर चलचित्र अध्ययन गरेको बताएका छन् ।
उनको जोडीका रूपमा नायिका पूजा भट्टलाई देख्न सकिन्छ । यो चलचित्र पारिवारिक, सामाजिक तथा प्रेम समस्याबाट ग्रसित एक युवकमा चढेको पागलपनले के सम्म गर्न सक्छ भन्ने कुरामा केन्द्रित छ । सुदन धिताल र केरसिंह भण्डारीले निर्माण गरेको चलचित्र ‘मेन्टल’लाई राजेन्द्र सापकोटाले खिचेका हुन् भने यसमा शंकर महर्जनको द्वन्द्व निर्देशक छ ।
निर्देशक : सरोज पौडेल
संगीत : अर्जुन पोखरेल/राजन मगर
कलाकार : प्रथम खड्का, पूजा भट्ट, सुरवीर पण्डित तथा सुदन धिताल आदि ।
चलचित्र ‘मेन्टल’ को अफिसियल ट्रेलर