साप्ताहिक संवाददाता
संसद् भवनमा मस्त सुतेर निद्रामा टेबल ठोक्दा पनि १ लाख रुपैयाँभन्दा बढी तलब आउने भएछ । कलीयुगका खतरनाक लुटेराहरू ।
राज भण्डारी
बरा, बिचरा ! खानै नपुगेपछि के गर्नु त ? पैसा तिर्ने हामी छँदै छौं, अझै बढाए पनि हुन्छ ।
रामकृष्ण तिमिल्सिना
यो गम्भीर समस्या हो । घूस हो कि भुस हो खाएर ठूलो भा’को भुँडी तलब–भत्ता बढेपछि त झन् ठूलो हुने नै भो । त्यसपछि त अनेकथरी रोग लाग्छ । फेरि नेताहरूको उपचार नेपालमा हुँदैन अनि फेरि हामीले कर तिरेको पैसा स्वाहा ।
एस
सांसद पनि त मान्छे नै हुन् । उनीहरूको पनि समस्या हुन्छ । घर–व्यवहार हुन्छ । सबैको तलब बढ्दा उनीहरूको पनि बढ्नु जायज हो ।
अर्जुन राउत क्षेत्री
लाखौ रुपैयाँ तलब बढाएर सांसदहरूले देश विकास गर्नुको सट्टा राज्यलाई लुटे । राज्यलाई लुट्नेहरूका विरुद्ध सबै जनता मिलेर कडा आन्दोलन गर्नुबाहेक अरू विकल्प छैन ।
पृथ्वीलाल
जनताको सेवामा दौड्दा–दौड्दा थाकेकाहरूलाइ खर्च त चाहियो नि । ठमेलतिर कम पैसोले पुग्दैन ।
मनोज बीसी
जनताका लागि उचित हुने कुरै भएन, तर सभासद् र उनीहरूको परिवारका लागि त महाउचित होला । यो प्रश्न जनतासँग सोध्नुभन्दा सभासद्हरूसँगै सोध्नुहोस् ।
सरिफ केटो
मासिक १ हजार रुपैंयाँ पनि कमाउन नसक्ने, दिनको एक छाक खाना पनि आधा पेट खानुपर्ने, एउटा सिटामोल किन्न नसकेर अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउनुपरेका, विगत १९ महिनादेखि भूकम्पका कारण खुला आकाशमुनि बस्न बाध्य मूर्ख जनताले छानेर पठाएका प्रतिनिधि न हुन्, उनीहरू जे गरे पनि हुन्छ । आखिर संसद्मा उनीहरूलाई हामीले देशको ढुकुटी रित्याउन नै पठाएका हौं ।
सन्देश थापा
यो प्रश्न जनतासँग सोध्नुभन्दा पनि १ लाख रुपैयाँ भत्ता खाएर मोजमस्ती गर्ने नेताहरूसँग सोधियो भने राम्रो उत्तर पाउन सकिन्छ कि ?
महेश भण्डारी
रेमिट्यान्सले धानेको, बेरोजगारीले व्याप्त हाम्रो देशमा सिन्कोसम्म भाँच्न नसक्ने, भनेको काम कहिल्यै समयमा नगर्ने नेताहरूको भत्ता बढ्नु सार्है नाजायज कुरा हो ।
ह्दयेश पन्थी
१० वर्षको कहालीलाग्दो द्वन्द्व बेहोरेको देशमा तलब बढाउने काम शरीर चिरेर उक्त घाउमा नुनचुक दल्नुजस्तै हो ।
कमल केसी
उचित भए नि नभए नि निर्णय त्यही हो, यिनको अरू गरिखाने व्यापार छैन, के गरून् त ? घर खेत बेचेर चुनाव लडेका छन् ।
किरन पौडेल
देश दोहन गर्नु कति उचित, कति अनुचित ? तपाईं आफैं भन्नुस् तर नेताहरूलाई अलिकति लाज भए पो †
विजय भुसाल
सिन्को नभाँच्ने अनि संसद् भवनमा मस्त सुत्नेहरूको तलब–भत्ता बढाउनु भनेकै देश लुट्नु हो । देश लुटेर आफ्नो स्वार्थ पूरा गर्न आएकाहरूको तलब किन बढाउने ?
सुसियन मगर
अझै बढाउनुपर्छ, सायद पैसा कतै राख्ने ठाउँ नपाएपछि भीख माग्न त छाड्थे ।
विकास केसी
सार्है लज्जास्पद र घृणित काम गरेका छन् नेताहरूले । कमसेकम दुई–चार वटा राम्रा काम गरेर देखाएका भए पनि यति दिक्दारी हुँदैनथ्यो । आज आफूले चुनेका नेताहरूदेखि आफैंलाई घृणा लागेको छ ।
अनुप रुपाखेती
हैट् † यस्तो पनि प्रश्न हुन्छ ? फेरि पछि सोध्ने होला, सभासद्हरूलाई देश बेचेर खान दिनु कत्तिको उचित होला ?
विक्रम पाख्रिन
एकदम सही हो । किनभने काम नगरी भत्ता बढाएर खाने सभासद कहाँ छन् भन्ने सामान्य ज्ञानको प्रश्नमा नेपाल त भन्न पाइन्छ ।
मोहन भण्डारी
देश र जनताका लागि, देश विकासका लागि के योगदान छ यिनको ? कस्तो लाज नभएका ? आफ्नो मात्र स्वार्थ पूरा गर्ने ।
बालकृष्ण सुवेदी
देश लुट्नेहरूका लागि कुनै शब्द छैन मसँग, देशका लागि के गरे यिनले ?
दीपक कान्छा
एकदम गलत । देश विकास गर्ने कोही होइनन्, खालि तलब भत्ता बढाउने काम मात्र गर्छन् ।
डिल्लीराज पाण्डे
होइन हांै, देश बनाउन गा’का कि भत्ता बढाउन गा’का ? अलिक बुझ्न कठिन पो भयो त ।
सुरेन गुरुङ
काम गरेर खाए त ठीकै हो, नत्र त ....।
डिरोज क्षेत्री
जनतालाई उचित लाग्ने त कुरै भएन तर नेताहरूलाई उचित लागेपछि सक्किगो नि ।
पूर्ण तमु
काम बेगरको माम धेरै भो, पार्टीबिनाको दारु धेरै भो ।
कमल
खान पाउने भएपछि सबका सब एकजुट हुँदा रै’छैन ।
सर रावण
अनुचित ।
रबिन भट्ट
एकदम उचित, कमसेकम आफ्नो भत्ता बढाउने काम त गर्दै र’छन् । ७ माघ २०७४ पछि धेरै खर्च हुन्न नि †
मेरो धरान
यहाँ सबैले आफ्नै लागि मात्र गर्ने हो । के गलत भयो र ?
माइलो