साप्ताहिक संवाददाता
मंसिर ११, २०७३
गीतकार नुतन भुसालको 'नुतन-खण्ड २' एल्बम सार्बजनिक भएको छ । यस एल्बममा समाबेश 'मन पर्छ मलाई मखमली चोली' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा गायिका जुना प्रसाईंले स्वर भरेकी छिन् । अभिनेत्री पूजा शर्माको सुन्दर अभिनय रहेको यस भिडियोमा मोडल अश्विनले उनलाई साथ दिएका छन् । यसमा दिपक शर्माको संगीत तथा उदयराज पौडेलको संयोजन रहेको यस म्युजिक भिडियोलाई भाइव्स क्रियसनले अडियो बजारमा ल्याएको हो । र, यस म्युजिक भिडियोमा अमृत सुनुवारको छायांकन, प्रकाश तुलाधरको सम्पादन तथा निकेश खड्काको निर्देशन रहेको छ ।
मन पर्छ मलाई मखमली चोली गीतको म्युजिक भिडियो