साप्ताहिक संवाददाता
यति कष्ट गरेर विदेश जानुभन्दा स्वदेशमै कुनै व्यवसाय गर्नु उपयुक्त हुन्छ (फ्रन्टपेज : सहज छैन वैदशिक रोजगारी) । लास बनेर फर्कनुभन्दा आफ्नै भूमिमा पसिना बगाऔं । देशमै विकल्प खोजौं ।
सरोज कँडेल, रोहित काफ्ले
जोसँग पैसा हुन्छ उनीहरूसँग दिमाग हुँदैन (पत्याउनुहुन्छ ? महँगो जुत्ता) । शास्त्रदत्त पन्त
पुरस्कृत सबैलाई बधाई छ (विन्ध्यबासिनीको सम्मान) । नेपाली कला, संगीत एवं साहित्य क्षेत्र फस्टाओस् ।
सुमन कार्की
नेपालजस्तो स्लो इन्टरनेट भएको ठाउँमा यसको के काम ? (साइन्स एन्ड टेक्नो : अब टिभी हैन, आइपी टिभी) इन्टरनेट सबैको पहुँचमा पुगिसकेको छैन ।
तेजेन्द्र लामा
यो वास्तविक कुरा हो (अनुभूति : घर न घाटका एनआरएन) । मैले पनि अनुभूति गरेको छु । असहज छ विदेश । धेरैको कथा हो यो ।
रेशम बिसी, सीता राई, राजीव अवस्थि, रोहित प्रकाश
आफ्नो स्वार्थ मिलुन्जेल नेताहरूबिच सहमति भैहाल्छ (गजुरियल विश्लेषण : क्यान्सरमा राष्ट्रिय सहमति) । राष्ट्रिय हितमा पो सहमति हुँदैन त ।
सोनी पौडेल
जीवनमा दु:ख–सुख बाँड्ने मानिस त हुनैपर्छ (युवा मन : दु:ख बाँड्ने मान्छे) । तब पो जिउनुको मजा हुन्छ । एक–अर्कालाई अघि बढ्न बल पुग्छ ।
कला पहरी
नेपालमा सम्भावना नभएपछि मानिसहरू बिदेसिन बाध्य भए । (अन्तर्वार्ता : ब्रेन डेनको समस्या सबैभन्दा जटिल छ) तर विदेशबाट फर्किएर राम्रो सम्भावना भएका तपाईं जस्ता उदाहरणीय व्यक्तिहरू पनि छन्, जसबाट केही सिक्न सकिन्छ ।
पवन संग्रौला
लेख पढेपछि छर्लङ्ग भयो, अमेरिका सोचेजस्तो रहेनछ (मुक्त आकाश : आहा † अमेरिका, आत्था अमेरिका) । त्योभन्दा त नेपाल नै बस्नलायक रहेछ ।
आश्मा कोइराला
असिम र सोनिराको जोडी जमेको छ (असिम र सोनिराको जोडी) । यो जोडीलाई बधाई एवं शुभकामना ।
बबिता श्रेष्ठ
सामाजिक सञ्जालबाट कसरी ठगी हुने रहेछ (अपराध : फूल एक माली दुई) । यो रिपोर्ट पढेपछि स्पष्ट भइयो । यसले धेरैलाई सतर्क पनि गराएको छ ।
अजय त्रिपाठी
फेसबुक फन्डा रमाइलो लाग्यो ।
बिमल क्षेत्री
ओहो † यति महँगो मोबाइल (पत्याउनुहुन्छ ? महँगो मोबाइल) । अचम्म लाग्यो, हुन त धनीका कुरै बेग्लै ।
भूपी साउद
रवीन्द्रजी, त्यतिका पैसा डुबाउनुभन्दा त नेपालमै पढेको भए हुने थियो नि (साहित्य : नाइँ, म अमेरिका जान्नँ) । बेकारमा पैसा बर्बाद भयो ।
मधुकर