मंसिर १४, २०७३
किरात राई यायोक्खा हङकङको प्रस्तुति यलम्वर नाईट छैटौंमा नेपालबाट आएका जम्बो कलाकारहरुको टोलीले हङकङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । राजेशपायल राई, मेलिना राई, दयाहाङ राई, केकी अधिकारी, विल्सन बिक्रम राई लगायतका कलाकारहरुको टोलीले मध्यरातसम्म हङकङस्थित युङ्लुङ् थिएटरमा धमाका मच्चाएको थियो ।
राई ईज किङ्को उपाधि पाएका राजेश र चर्चित गायिका मेलिनाले दर्जन बढी आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई नचाएँ । हास्यकलाकार विल्सन विक्रम राईको कमेडी गीत र प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिलायो । ब्यस्त नायक दयाहाङ र नायिका केकीको प्रस्तुतिलाई पनि खुबै रुचाइयो ।