लन्डन । सिनेमा, डान्स र फेसन शो । अचेल बेलायतमा यि क्षेत्रका गतिविधि खुबै बढेका छन् । आइतबार बेलायतको चिसिंदो मौसममा ‘हट्’ मोडलहरुले गरेको फेसन शोले माहोल ततायो । आकर्षण बुटिक कुपन्डोलले प्रायोजन गरेका पहिरन लगाएर व्यावसायिक ६ जना मोडलहरु ऱ्याम्पमा उत्रिए ।
बेलायतका नेपाली ब्युटीसियनहरुको संस्था प्रोफेशनल ब्युटी एसोसिएसन यूकेले अल्डरसटस्थित दि प्यालेसमा फेसन इभेन्ट आयोजना गरेको हो ।
मोडलहरु कल्चरल, इभिनिङ, पार्टी ड्रेस र आकर्षक सारीमा प्रस्तुत भएका थिए । फेसन शोको कोरियोग्राफी बिना राईले गरेकी थिइन् । कोरियोग्राफर
राई आफूले समेत क्याट्वाक गरिन् ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । आसपासमा एकैदिन तीनवटा कार्यक्रम जुध्दा पनि दर्शक उल्लेख्य रुपमा सहभागी भएर कार्यक्रम सफल भएको आयोजकमध्ये एक माला आल्फोर्ड गुरुङले जनाइन् । कार्यक्रमका सहभागीले फेसन शोबाट नयाँ अनुभूति भएको बताएका थिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुँवर, मिस यूके नेपाल प्रतियोगिताकी आयोजक शान्ति गुरुङ लगायत अतिथीका रुपमा सहभागी थिए ।