साप्ताहिक संवाददाता
गायक कर्ण दासले दश बर्ष पछि अर्को नयाँ एल्बम एउटा नयाँ आशा सार्बजनिक गरेका छन् । म्यूजिक नेपालको प्रस्तुतिमा सार्बजनिक यस गिती एल्बममा १२ वटा गीतहरु समावेस छन् । एसटु. प्रोडक्शनले निमार्ण गरेको हाम्रो नेपाल शिर्षकको राष्ट्र प्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ ।
नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका सुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेस गरिएको छ । बिशेषगरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पुर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगायतका ठााउहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए ।
राष्ट्रप्रेमी गीत भएकोले बिभिन्न शुन्दर ठाउहरुलाई गीतको माध्यमबाट समावेस गरिएकोले आफुले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ट बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे । छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन् ।
हाम्रो नेपाल गीतको भिडियो