साप्ताहिक संवाददाता
चीनको जेडटीई कम्पनीले हालै नेपाली बजारमा ल्याएको एक्सजोन इलाइट मोडलको मोबाइल फोन विशेषत: भिडियो खिच्न उपयुक्त छ । यो सेटको पछिल्लो भागमा रहेका दुई क्यामेरा १३ मेगापिक्सेल तथा १ दशमलव ८ एपार्चरका छन् । कम लाइटमा पनि भिडियो खिच्न मिल्ने यो क्यामेराको सेन्सर सोनी कम्पनीले तयार पारेको हो । एसएलआर क्यामेराको गुणस्तरमा फोटो खिच्न सक्ने यो क्यामेराबाट खिचिएको भिडियो फोर के क्वालिटीको हुन्छ, जुन भिडियो छायांकनमा सर्वाधिक गुणस्तरीय मानिन्छ ।
यो स्मार्टफोन बोइङ ७८७ विमान निर्माण गर्न प्रयोग गरिने आल्मुनियम तथा म्याग्नेसियम धातु प्रयोग गरिएको छ । ५ दशमलव ५ इन्चको यो सेटको स्क्रिन कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरेर निर्माण गरिएको हो ।
यो मोबाइललाई फिंगर प्रिन्ट, आँखा तथा आवाजबाट लक गर्न सकिन्छ ।
यसको स्पिकर पनि गुणस्तरीय छ । ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको यो फोनको ब्याट्री अरू सेटको तुलनामा चाँडै चार्ज गर्न सकिन्छ । यसमा ३ जीबी रोम तथा क्वालकोम स्न्यापड्रागन प्रोसेसर छ । ३२ जीबी इन्टरनल स्टोरेजको यो सेटमा २ सय ५६ जीबीसम्म मेमोरीलाई बढाउन सकिन्छ । नेपालमा यो सेटको मूल्य ३३ हजार रुपैयाँ पर्छ ।