मेष
कुरा नबुझी गरिएको व्यवहारका कारण प्रेमी–प्रेमिका चिडिन सक्छन् । सहयोगीहरूले समस्या सावधानको बाटो देखाइदिँदा अघि बढ्न सहयोग मिल्नेछ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्ला । मेहनतले जीवनशैलीमा समेत परिवर्तन ल्याउनेछ । रातो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ ।
वृष
चिसो मौसमको कारण देखाउँदै अभिभावकले भ्रमणमा बन्देज लगाउन सक्छन् । मान्यजनको भनाइ पालना गर्दा थोरबहुत मानसिक पीडा भए पनि अन्नत: फाइदै हुनेछ । साथीभाइप्रति त्यति विश्वास नगर्नुहोला । परिवारका ज्येष्ठ सदस्यहरूले तपाईंको करियर तथा सम्भावनाहरूलाई मार्गदर्शन मिल्ने गरी महत्वपूर्ण सुझाव दिनेछन् ।
मिथुन
सभा–सम्मेलनमा भाग लिने अवसर प्राप्त हुनसक्छ । प्रतियोगितात्मक क्रियाकलापमा सहभागी हुँदा उच्च मूल्यांकनमा परिनेछ । परिवारका ज्येष्ठ सदस्यहरूको सुझावअनुरूप व्यवहार गर्दा मुनाफा प्राप्त हुनेछ । सेतो तथा नीलो रंगको अनुशरणले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
कर्कट
आर्थिक पक्ष सुदृढ हुनेछ । विदेश भ्रमणको मुहूर्त जुर्नेछ । आँटेको काम सफल भै मनमा उत्साह जाग्नेछ । परिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । भैतिक संसाधन जुट्नुका साथै दिगो फाइदा हुने काम हात लाग्नेछ । अधिकार तथा प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
सिंह
महँगा सामग्री खरिद गर्ने मनसाय राख्दा अभिभावकले आफ्नो भावनाको बेवास्ता गर्ने सम्भावना छ । मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना हुन सक्छ । ठाउँ एवं समय विचार गरेर कुराकानी गर्नुहोला । हनुमानको आराधनाले अपेक्षाकृत फल प्रदान गर्ने छ । खानपान तथा भोजभतेरमा सहभागी भइनेछ ।
कन्या
उन्नति तथा प्रगतिको सप्ताह छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्वपूर्ण सुझाव तथा जिम्मेवारी प्रदान गर्नेछन् । कृषिक्षेत्रमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ । कर्मचारीहरूलाई थप जिम्मेवारी आइलाग्ने सम्भावना छ । साताको अन्त्यमा विभिन्न प्रकारका भोजन तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ ।
तुला
पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गरेको छ । मांगलिक मुहूर्त तय हुन सक्छ । त्यही निर्णयले नै आफ्नो जीवनलाई निर्धारित गर्नेछ । सोमबारपछि आर्थिक समस्याबाट पार पाइने सम्भावना छ । साथीभाइले पनि सहयोग गर्ने तत्परता देखाउनेछन् । काममा बेवास्ता गरियो भने त्यसले थप संकट निम्त्याउन सक्छ ।
वृश्चिक
विदेशबाट फर्किएका साथीभाइसँगको भेटघाटमा नौलो जानकारी पाइनेछ । मन पराउनेहरूसँग सावधानीपूर्ण व्यवहारले नै सार्थक परिणाम दिलाउनेछ । अभिभावकको सुझाव तथा सल्लाह आत्मासात् गर्दा धन अभावले पिरोलिनुपर्ने छैन । साताको अन्त्यमा रातो रंग प्रयोग गर्दा प्रतिस्पर्धा गर्न सहज हुनेछ ।
धनु
आफन्त तथा अभिभावकको निगरानीले व्यवहारिक बन्न प्रेरणा दिनेछ । ठूला खाले योजनालाई परिणाममुखी बनाउन प्रेमी–प्रेमिकाले तन, मन तथा धनले सहयोग गर्नेछन् । मित्रहरूको सुझाव आत्मसात् गर्न सके नयाँ उचाइमा पुगिनेछ । साताको अन्त्यमा परिवारजनको मांगलिक कार्यमा सहभागी हुन पाइनेछ ।
मकर
रोजगारीको अवसर हात लाग्ने सम्भावना छ । सभा–सम्मेलनमा सहभागी बढ्नेछ भने आफ्नो प्रतिभाका बलमा नाम एवं दाम कमाउन सकिनेछ । मान्यजनको सहयोगबाट मंगलिक कार्यको तिथि छिनोफानो हुने सम्भावना छ । व्यवसायमा सफलता हात पर्नेछ । मौसमी फेरबदलका कारण देखा पर्ने शारिरिक थकानप्रति सचेत रहनुपर्नेछ ।
कुम्भ
नयाँ क्षेत्रबाट लाभ लिन सकिनेछ । सरोकार नभएका विषयप्रति झुकाव राख्दा फजुल खर्चले पिरोल्नेछ । नौला स्थानको भ्रमणमा अनौठा परिकारको रसास्वादन गर्न पाइनेछ । सेतो रंग प्रयोग गर्दा परिणाममुखी नतिजा हात लाग्न सक्छ । समकक्षी मित्रहरूसँग समय खर्चिनुपर्नेछ ।
मीन
समय बलवान् छ । दु्रत गतिमा कार्य सम्पन्न गर्नुहोला । तपाईंको प्रतिष्ठासँग जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौती देखा पर्न सक्छ, सावधान रहनुहोला । आफ्ना लागि सवारी साधन खरिद गर्ने योजना बनाउनुभएको छ भने प्रक्रिया अघि बढाउँदा फरक पर्दैन । चिसो मौसममा राति अबेरसम्म बस्नु आफ्नो हितमा हुँदैन ।