साप्ताहिक संवाददाता
मंसिर १७, २०७३
रेक्स फेसन होमले भोलि शनिबार रेक्स फेसन फ्युजन आइकन–२०१६ को प्रतिस्पर्धा गराउँदैछ । जमलको विश्वज्योति मलस्थित ग्यास्ट्रो पबमा सञ्चालन हुने उक्त प्रतियोगितामा १८ मोडलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तीनवटा सिक्वेन्समार्फत विजेता छनोट गरिने आयोजक संस्थाले जनाएको छ ।